एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौँमा हुने

  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ (NRNA) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसनको मिति टुंगो लागेको छ ।

गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले १७ देखि २० अक्टोवरसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गर्दै युवा, विज्ञ सम्मेलन समेत सोहि अवधिमा गर्ने औपचारिक निर्णय गरेको छ ।

बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । जसअनुसार संघको आगामी अधिवेसनमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको एक पदाधिकारीले बताए ।

यसअघि अध्यक्ष पदका लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क रहेको थियो ।

बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुला गर्ने भएको छ । पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
बैठकले विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएसँग गत जुन महिनामा भएको सहमतिलाई आगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय पनि गरेको छ । उक्त अनुमोदनपछि दुबै एनआरएनए एक हुनेछ ।

बैठकले संघको ११ औं महाधिवेसनमा नयांँ नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ । जसअनुसार कार्यतालिका केही हप्तापछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।

संघको नयाँ नेतृत्वको लागि आरके शर्मा, महेश श्रेष्ठ , बद्री केसीसहित केशव पौडेल र रविना थापाले समेत आकांक्षा देखाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्