नेपाल टेलिकमले राख्यो दमौली अस्पतालमा मोबाइल चार्ज स्टेशन

  • ख-
  • ख+

२९ साउन । तनहूँ । नेपाल टेलिकमले तनहुँ दमौलीमा रहेको दमौली अस्पतालमा मोबाइल चार्ज स्टेशन राखेको छ । मानिसहरुको धेरै जमघट भईरहने स्थान भएकोले उक्त स्थानमा मोबाइल चार्ज स्टेशन राखिएको र यसबाट अस्पतालमा आउने मानिसहरूलाई सुविधा हुने र आवश्यकता अनुसार थप गर्दै जाने नेपाल टेलिकमले जनाएको छ ।

बिरामी तथा बिरामी कुरुवाहरुलाई मोबाइल चार्ज गर्न सहज रुपमा नपाउँदा समस्या भइरहेको थियो यो चार्ज स्टेशनले पक्कै पनि धेरै सुविधा पुग्नेछ अस्पताल प्रशासनको भनाई रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्