लमजुगं सेवा समाज कतारले कतारमा रक्तदान कार्यक्रमको आयोजना गर्दै

  • ख-
  • ख+

काठमाण्डौ । लमजुगं सेवा समाज कतारले कतारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्नेभएको छ । ”दुःख सुखमा साथ लमजुगं सेवा समाज” भन्ने नाराका साथ स्थापित समाजले अगष्ट १८ तारिख अर्थात भदौ १ गते शुक्रवारका दिन हमाद हस्पिटलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बिहान ८ बजेदखि शुरु हुने उक्त रक्तदान कार्यक्रम सहभागी हुन समाजले कतारमा रहनुभएका सबै नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

उक्त रक्तदान कार्यक्रमको समन्वय नेपाली रक्तदाता संघ कतारले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्