तनहूँमा सुरक्षित ग्रामीण सडक यात्रा र सवारी हामी सबैको जिम्मेवारी कार्यक्रम २०८० संचालनमा

  • ख-
  • ख+

१२ भाद्र । तनहूँ । ट्राफिक प्रहरी कार्यालय तनहूँले तनहूँ जिल्लाका विभिन्न स्थानहरुमा सुरक्षित ग्रामीण सडक यात्रा र सवारी हामी सबैको जिम्मेवारी कार्यक्रम २०८० संचालन भईरहेको छ । भाद्र १० गतेदेखि सुरु भएको कार्यक्रममा सवारी मेकानिकल चेक जाच, विमा कागज चेक जाँच, हुट अनुगमन, सिट अनुगमन, सिट क्षमता यात्रु अनुगमन, बढि भाडा लगाएत जनचेतना मुलक कार्यक्रमहरु गरिने जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राजिव बिष्ट जानकारी दिनुभयो । ग्रामीण सडक खण्डमा लक्षित कार्यक्रममा यात्रुहरुका गुनासाहरु सुन्ने पनि वरिष्ठ प्रहरी नायव निरीक्षक राजिव बिष्टले बताउनु भएको छ ।
भाद्र १६ गतेसम्म संचालन हुने कार्यक्रमले सवारी चालक, यात्रु र सम्बन्धित निकायहरुलाई पनि सडक अवस्था र एक अर्काका समस्या र समाधानको बारेमा चाल्नुपर्ने समस्याको बारेमा जानकारी हुने सवारी चालक तथा यात्रुहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्