कतारमा प्रसिद्ध योग एवं आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको तनाव व्यबस्थापन तथा जिवनशैलीबारे प्रशिक्षण कार्यक्रम हुदै

  • ख-
  • ख+

२० भाद्र । काठमाण्डौ । आरजु पौडेल । नेपाली रक्तदाता संघ, कतारको आयोजनामा कतारको नाज्मामा डा. राजु अधिकारीको आहार र जिवनशैली बारे प्रशिक्षण कार्यक्रम हुदैछ । प्रसिद्ध योग एवं आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको सहजीकरणमा ”जीवन सुख निरोग सुख: तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार (आनन्दमय जीवन पद्धतिका प्रमुख आधार)” कार्यक्रम हुन गईरहेको छ । ८, सेप्टेम्बर, २०२३ अर्थात भाद्र २२ गते शुक्रवारका दिन सालिमार इस्ताबुल रेस्टुरेन्ट, नज्मामा १२ बजेदेखि शुरु हुने कार्यक्रममा सहभागी हुनको लागि कतारमा रहेका विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, पत्रकार, नेपाली रक्तदाता संघका आजिवन सदस्य र साधारण सदस्य र कतारमा रहेका नेपालीहरुमा आयोजकको आग्रह रहेको छ ।

”रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा संलग्न संस्था नेपाली रक्तदाता संघ, कतारले डा. राजु अधिकारीको कार्यक्रमले कतारमा रहेका नेपालीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य प्रत्यक्ष लाभ पुग्नसक्ने विश्वास लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्