विपन्न विद्यार्थीको सारथी बन्दै एलायन्स तनहूँ

  • ख-
  • ख+

तनहूँ । केहि समय अगाडि दमौलीमा स्थापना भएर तनहूँमा सक्रिय सामाजिक संस्था एलायन्स क्लब अफ तनहूँले व्यास नगरपालिका वडा नम्बर ५ चिन्तुटार स्थित श्री शुक्र आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको छ । क्लबले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ३ सय २० थान कापी, १ सय थान कलम, ३ सय थान मास्क, २ थान ब्याडमिन्टन, १ थान फुटबलका साथै २१ थान सुईटर प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नैे एलायन्स क्लब तनहूँले सामाजिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा नै सर्भ एन्ड केयर भन्ने नाराले स्थापित यस संस्थाले निकट भविष्यमा पनि शिक्षा, स्वास्थ साथै अन्य सामाजिक क्षेत्रमा आफ्नो कामलाई अघि बढाउने क्लबकी अध्यक्ष जमुना जोशीले बताउनुभएको छ ।
समाजको लागि योगदान पुग्ने विभिन्न कार्यक्रमका योजनाहरु समुदायमा लैजाने तयारी भईरहेको एलायन्स क्लव अफ तनहुँका सचिव सुदिप पौडेलले जानकारी दिनुभयो । क्लबले प्रदान गरेको सामाग्रीबाट करिब १ सय जना विद्यार्थी लाभान्वित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्