नगरपालिकाले वालुवामा अत्याधिक कर बढायो: व्यवसायी तथा उपभोक्ता आन्दोलित

  • ख-
  • ख+

तनहूँ । संघियता आएपछि जनताले राहत पाउछन् भन्ने सोचाईलाई गलत सावित गर्दै तनहूँको व्यास नगरपालिकाले सर्वसाधारण तथा व्यवसायीहरुलाई पटक पटक कर बढाएर मारमा पारेको छ । अघिल्लो बर्ष नदिजन्य पदार्थमा विगतको बर्षको तुलनामा धेरै राजश्व बढाएकोले यस बर्ष आफैले संचालन गर्ने गरि अति नै बढि राजश्व बढाएको छ । अघिल्लो बर्ष पनि १ घनफुटको सात रुपैया राजश्व तोकेर ठेक्का आवहन गर्दा व्यवसायीहरुले त्यति महगोंमा वालुवा बेच्न नसक्ने भनेर ठेक्का नलिएपछि नगरपालिकाले आफ्नै अन्र्तगत व्यपार गर्ने गरि प्रतिघनमिट १२ रुपैयाभन्दा बढि तोकि वालुवा बिक्री गर्न लागिरहेको छ जस्ले गर्दा ट्याक्टर व्यवसायी तथा उपभोक्ताहरु ठुलो मारमा पर्ने निश्चित भएको छ । सात रुपैयाको दरले राजश्व बुझाउदा त नगरपालिकालाई ७ प्रति ट्याक्टर सातसय बुझाउनु पर्नेमा झन् अचकाली मुल्य बढाउदा १२ सय ७५ रुपैया तिर्नुपर्ने भएको ट्याक्टर व्यवसायीहरुको भनाई रहेको छ । मनपर्दीरुपमा भाडा बढाउदा ट्याक्टर व्यावसायीलाई मात्र हैन उपभोक्तालाई निकै मार पर्ने रहेको ट्याक्टर व्यवसायी समिति तनहूँका उपाध्यक्ष शिब खत्री बताउनुहुन्छ साथै वहाँ नगरपालिकाले नदिको वालुवा बेच्ने हो जति मोल राखेपनि किनिहाल्छन् भन्दा सबैभन्दा असर त सर्वसधारणहरुलाई पर्ने बताउनुभएको छ ।
नगरपालिकाको यो उपभोक्ता तथा व्यवसायीलाई मार्ने नितीको जति नै विरोध गरेपनि कम हुने भएकोले माघ २ गतेबाट ट्याक्टर सहित नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिका सचिव ज्ञानेन्द्र बसौलाले बताउनुभएको छ साथै वहाँले नगरपालिकाले वार्ता गर्ने निहूँमा अधिकार नै नदिईकन प्रतिनिधि खटाएर ट्याक्टर व्यवसायी तथा उपभोक्ताको अधिकारमाथि पनि खेलवाड गरेको वहाँले बताउनुभयो । आम सर्वसाधारण पनि कर बढि उठाउने नाममा देशका अन्य नगरपालिकाहरुभन्दा बढि राजश्व असुल गरिरहेको व्यास नगरपालिकाले फेरि अर्को सर्वसाधारणको घाटि अठ्याउने काम गर्न लागेको प्रतिक्रिया दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?