युआरएलको अध्यक्षमा तनहूँका पन्त

  • ख-
  • ख+

तनहूँ । बिक्रम सम्बत् २०७० मंसिर २३ गतेबाट पोखराबाट आफ्नो सेवा शुरु गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) ले नयाँ अध्यक्ष नियुक्त गरेको छ । तनहूँ व्यास नगरपालिका वडा नं. ११ का बासिन्दा ठाकुरप्रसाद पन्तलाई पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) को अध्यक्ष बनाईएको छ । पुराना सदस्यहरुको बिदाई र नयाँ सेयर सदस्यहरुको आगमनसगै ८ जना सेयर सदस्यहरुले पुराना र अनुभवी सेयर सदस्य तनहूँका पन्तलाई चयन गर्नुभएको हो ।
न्युरोड पोखरामा मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) ले तनहुँको दुलेगौंडा, दमौलीमा शाखा विस्तार गरेको छ भने लम्जुगं जिल्लाको बेशिसहरको शेराचोकबाट यहि माघ १५ गतेबाट सेवा बिस्तार गर्न गईरहेको छ ।
गण्डकी प्रदेशलाई रगत जाँच क्षेत्रमा अब्बल बनाउने उद्धेश्यका साथ ७ करोडभन्दा लगानी गरिसकेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) मा अझ नयाँ जोश र जाँगरका साथ नयाँ सदस्यहरु आएको हुनाले नयाँ नयाँ प्रविधि भित्र्याएर अझ आधुनिक र सुलभ दरमा रक्त परीक्षणसँग सम्बन्धित सबै परीक्षण सेवा दिने नवनियुक्त अध्यक्ष ठाकुरप्रसाद पन्तको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?