असोज २४ देखि कार्तिक ४ सम्म व्यास ५ पाटनमा दोश्रो पाटन महोत्सव हुने

  • ख-
  • ख+

४ असोज । तनहूँ । असोज २४ देखि कार्तिक ४ गतेसम्म तनहूँको व्यास नगरपालिका वडा नं. ५ दोश्रो पाटन खेलकुद, कृषि व्यापार साँस्कृतिक तथा पर्यटकिय महोत्सव २०८० हुने भएको छ । पाटन युवा क्लबको आयोजनामा हुन लागेको महोत्सवको बारेमा आज तनहूँको दमौलीमा आज दमौलीमा पत्रकार सम्मेलनमा जानकारी दिईयो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष अमर थापाले महोत्सव गर्नुको कारणको बारेमा प्रकाश पार्दै महोत्सव मानिसहरुको जमघट हुने थलो भएकोले कृषि उत्पादन बिक्री वितरण, चाडपर्वको समय भएकोले भाँडाकुडा, लत्ताकपडा बिक्री वितरण, साँस्कृतिक कार्यक्रम, मनोरन्जनको लागि विविध खेलकुद कार्यक्रम राख्ने भएकोले पनि महोत्सव आर्कषक हुने र महोत्सवबाट आम्दानी भएको पैसाले सामाजिक कामहरु गरेको र यसपटकको महोत्सवको आम्दानीले पनि सामाजिक तथा कला संस्कृति जोगाउने काम गर्ने बताउनुभएको थियो ।
नेपालीहरुको महान चाड दशैको पुर्वसन्ध्यामा हुन लागेको उक्त महोत्सवमा प्रिति आले, ज्योति मगर, दुर्गेश थापा लगायतका कलाकारहरुको प्रस्तुति रहने उक्त अवसरमा बताईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्