तनहूँ । पृथ्वी राजमार्गको व्यास वडा नं. १२ को देउरालीमा शनिबार बिहान गुडिरहेको ट्रकको वरिङग सट भएर आगलागी भएको छ । लु २ ख १९२ नम्बरको ट्रक खैरेनीटारबाट मुग्लिङतर्फ जादै गर्दा अचानक आगलागि भएको तनहु ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी बताउनुभयो ।
आगो नियन्त्रण लिनको लागि व्यास नगरपालिकाको दमकल र
नेपाल प्रहरीको सहायताले आगो नियन्त्रण लिईएकोले अन्य सम्भावित क्षति हुन नपाए पनि पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
आगो विहान ४ः३० बजे लागेको थियो । ट्रकमा सवार चालक र सहचाल सकुशल रहनुभएको छ ।








