अमर बहादुर भण्डारी फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ तनहूँको अध्यक्ष चयन

  • ख-
  • ख+

तनहूँ । अमर बहादुर भण्डारी फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ तनहूँको अध्यक्ष चयन हुनुभएको छ । शनिवार भएको जिल्ला भेला एवं प्रथम अधिवेशनबाट फर्निचर व्यवसायी अमर बहादुर भण्डारी निर्विरोध निर्वाचित हुनुभएको हो ।
देशको आर्थिक अवस्था बिग्रेसगै फर्निचर व्यवसाय पनि धरापमा जान लागेकोले त्यसलाईै जोगाउने आफ्नो उदेश्य भएको नवनिर्वाचित अध्यक्ष भण्डारीले बताउनुभएको छ ।
नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका द्वितीय केन्द्रिय उपाध्यक्ष युवराज पौडेलको कार्यक्रमका प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अमर बहादुर भण्डारीको अध्यक्षतामा संघको १७ सदस्यिय कार्य समिति पनि सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्षमा लक्ष्मी राज वाग्ले , महासचिवमा सन्तोष बि. क., कोषाध्यक्षमा सुनिता थापा, सह सचिवमा राम भक्त भट्टराई सदस्यहरुमा सतन ठाकुर, सन्तोष पोख्रेल, तारा भण्डारी, अभियान भण्डारी, रमेश भण्डारी, गणेश कुमार श्रेष्ठ, संगम श्रेष्ठ, आशिष श्रेष्ठ, ईन्द्र बहादुर मल्ल, मनोज बि. क., जीवन शर्मा, परमेस्वर बैठ चयन हुनुभएको छ ।

अध्यक्ष अमर बहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष युवराज पौडेल, केन्द्रीय सदस्य ज्ञान बहादुर नेपाली, तनहूँका उपाध्यक्षमा लक्ष्मी राज वाग्ले, ग्रीनलिफ म्याट्रेस गण्डकी प्रदेशका ब्यवस्थापक प्रकाश बोगटी, ग्रील ब्यवसायी ईन्द्र बहादुर मल्ल, सतन ठाकुर, सन्तोष पोख्रेलले फर्निचर व्यवसाय र व्यवसायीको समस्याको बारेमा बोल्नुभएको थियो ।

अधिवेशनको बन्दसत्रमा महासचिव सन्तोष बि. क. ले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्