उद्योग दर्ता गरेर मात्र हैन संचालन गरि अनुदान लिन आग्रह गर्दै मन्त्री किरण गुरुगं

  • ख-
  • ख+

तनहूँ । घरमै बसेर विभिन्न कामहरु गरेर स्वदेशी उत्पादनहरुको विदेशमा आयात गरि आय आर्जन बढाउनुपर्ने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताउनुभएको छ । उक्त कुरा वहाँले तनहूँको दमौलीमा शनिवार नेपाल घरेलु तथा साना उघोग महासघं जिल्ला शाखा तनहुँ एवम् महिला उद्यमी समिति तनहुँको साधारणसभा एवम् २१ औं अधिवेशनलाई सम्बोधन गर्दै बताउनुभएको हो । उक्त कार्यक्रममा वहाँले प्रदेश सरकारले विभिन्न शिर्षकमा तालिम मात्र हैन तालिम गर्न आउनेलाई भत्ताको समेत राखेको,्े माटोको भाँडा, गुद्रि, परम्परागत मिसिनबाटको बनाउने , अर्गानिक परम्परागत समानहरु बनाएर विदेशतिर निर्यात गर्न सक्ने बताउनुभएको थियो ।
सरकारले एकपटक अनुदान दिने सधै अनुदान मागेर समृद्ध बन्न नसकिने, नाफाको केही भाग सरकारले करको माध्यमबाट सरकारलाई दिएपछि मात्र सरकारले सबैलाई सिप सिकाउने बताउनुभएको थियो । उद्योगमा दर्ता मात्र गरेर राख्ने होईन संचालन पनि गरेपछि गण्डकी सरकार सहयोग गर्न जहिले पनि तत्पर रहेको बताउनुभयो । हिजो हाम्रो पुर्खाले गरेको कामहरुबाट पनि हामीले उत्पादन गर्न सक्छौ वहाँको भनाई रहेको थियो ।
उक्त कार्यक्रमका बिशिष्ठ अतिथि गण्डकी प्रदेशका माननीय सांसद राम बहादुर गुरुङले आफ्नै घर गाँउमा नै बसेर उत्पादन गरेभने नेपाली कोहि हामी नेपाली गरिब नहुने,
सबैले उत्पादनमा जोड पर्ने ,केन्द्रीय सरकार र प्रदेश सरकारले गाउँ गाउँमा तालिमको लागि बजेट छुटाएकोले तालिम लिनुपर्ने बताउनुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभा गुरुङ, उपाध्यक्ष सुर्य वहादुर कडेल , घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला समिति वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्याय, घरेलु तथा साना उद्योग महासंघ प्रदेश उपाध्यक्ष रोहणीराज लौडारी , घरेलु तथा साना उद्योग विकास कार्यालय तनहुका प्रमुख नारायण प्रसाद ढकाल , उद्योग वाणिज्य महासंघ तनहुँका प्रथम उपाध्यक्ष बैकुण्ठ नाथ मिश्र, उद्यमीहरुको तर्फबाट ऋषिराम भुसालले सर्वसाधारणले आफ्नो सिप देखाएर आत्मनिर्भर हुनुपर्ने बताउनुभएको थियो । उक्त अवसरमा महिला उद्यमी समिति तनहूँकी अध्यक्ष कल्पना गौली आफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रम नेपाल घरेलुु तथा साना उद्योग महासघं जिल्ला शाखा तनहुँ सचिव ताराराम श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो । मिहिनेत श्रृजना उत्पादन र वस्तु मेरै नेपालीको भन्ने नाराको साथमा सम्पन्न भएको कार्यक्रम नेपाल घरेलु तथा साना उघोग महासघं जिल्ला शाखा तनहूँका अध्यक्ष रत्न कुमार श्रेष्ठको सभापतित्वमा भएको थियो ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?