तनहूँ ट्राफिकद्धारा भाडा बढि असुल गर्ने माईक्रोबसलाई कारबाही

  • ख-
  • ख+

तनहूँ । जिल्ला ट्राफिक कार्यालय तनहूँले यात्रुहरुसग बढि भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गरेको छ । यात्रुहरुले जानकारी दिएपश्चात दमौलीबाट काठमाडौं चल्ने माइक्रोबसमा चेज जाँच गर्दा माईक्रोबसले प्रतिब्यक्ति एक हजार रुपैया लिएको भेटेपछि उक्त माईक्रोबसलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख राजीव विष्टले जानकारी दिनु्भएको छ । जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख राजीव विष्टकैे नेतृत्वमा दमौली बजारको भोर्लेटार चोकमा सवारीसाधन अनुगमन गर्ने क्रममा पनि यात्रुहरुले माईक्रो बसले बढि भाडा असुलेको जानकारी दिएको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख राजीव विष्टले जानकारी दिनुभएको छ ।
नियम विपरित बढि भाडा असुलेको चेकजाँच गर्न सिविल ड्रेसमा ट्राफिक प्रहरी खटिएको र बढि भाडा असुलेको भए जानकारी दिन पनि बिष्टले सबैलाई अनुरोध गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्