काठमाडौं महानगरपालिकाले माग्यो २३० कर्मचारी

  • ख-
  • ख+

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।

महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा लेखिएअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटमावाफ्त मासिक २ हजार रुपैयाँ महानगरपालिकाले उपलब्ध गराउने छ ।

सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा लेखिएको छ ।

उनीहरुले ट्याब्लेटमार्फत् तथ्यांक संकलन गर्नुपर्ने छ । इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । दरखास्त दिँदै शुल्क नलाग्ने महानगरपालिकाले जनाएको छ ।

प्राप्त आवेदकमध्येहरुबाट निश्चित मापदण्डका आधारमा संक्षिप्त सूची तयार गर्ने र अन्तरवार्ताबाट छनोट गर्ने सूचनामा लेखिएको छ ।

छनोट गर्दा काठमाडौं महानगरपालिकाका बासिन्दाले प्राथमिकता पाउने छन् । विगतमा गणक र सुपरिवेक्षकको रुपमा कम्तीमा एक महिनाभन्दा बढी अवधि काम गरेको र महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्