युएईमा आयोजित भलिबल प्रतियोगितामा तनहूँ सेवा समाज युएई दोश्रो हुन सफल

  • ख-
  • ख+

तनहूँ । डिपिएस भलिवल टिम डिआईपि युएईद्धारा आयाोजित दोस्रो युएई नेपाली समुदाय व्यापी ”खुल्ला 2nd Floric भलिबल प्रतियोगिता २०२३” मा तनहूँ सेवा समाज युएई दोश्रो हुन सफल भएको छ । त्यसैगरि प्रतियोगितामा तनहूँ सेवा समाज युएईका खेलाडीहरु मिलन चन्द ठकुरीले बेस्ट सर्भर, निर्मल ठकुरीले बेस्ट स्पाइकर र घनश्याम गुरुङ (गन्नु) ले बेस्ट सेटरको उपाधि पनि प्राप्त गर्नुभएको थियो ।
प्रतियोगितामा तनहूँका खेलाडीहरुलाई हौशला बढाउनका लागि युएई भ्रमणमा आउनु तनहूँ जिल्ला भलिबल टिम क्याप्टेन बिशाल सिङ्ग ठकुरी र गण्डकी प्रदेश का पुर्ब भलिबल खेलाडी प्रेम कुमाल (कान्छी) खेल मैदानमा उपस्थित हुनुभएको थियो ।

खेल निकै रोमान्चक भएको र दर्शक उल्लेख्य उपस्थितिले पनि खेल निकै रमाईलो भएको टिम प्रशिक्षक राजु तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा सहभागी तनहूँ सेवा समाज युएईका खेलाडीहरुलाई जर्सि स्पोन्सर समाजका अध्यक्ष सुदिप कार्कीले गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा एभरेष्ट म: म: टीम प्रथम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्