ट्राफिक कार्यालय तनहूँका प्रमुख राजिव बिष्टको सरुवा

  • ख-
  • ख+

तनहूँ । ट्राफिक कार्यालय तनहूँका प्रमुख राजिव बिष्टको १४ महिनामा कास्की जिल्लामा सरुवा भएको छ ।
तनहूँमा १४ महिनाको बसाईको क्रममा विष्टले सवारी नियम कार्यान्वयनमा उल्लेख्य कार्य र सुधार गर्नुका साथै उहाँको कार्यकालमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले हालसम्मको सबैभन्दा धेरै ४ करोड ५५ लाख भन्दा बढि राजश्व संकलन गर्न सफल भएको थियो ।
मापसे चेकिङलाई कडाई, राजश्व असुलीमा बैंकिङ प्रणाली लागू, लामो दुरीका सवारीसाधनको लागि आबुँखैरेनीमा डबल चालक दर्ता गर्नुपर्ने प्रावधान पनि विष्टको कार्यकालमा शुरु गरिएको थियो ।

विष्टले तनहूँमा आएपश्चात पहिलो पटक मापसे गर्ने सवारी चालकलाई अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था शुरु गर्नुभएको थियो ।
कास्की

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्