तनहूँ । तनहूँ जिल्लाको आँबुखैरेनी गाँउपालिका वडा नंं २ ल्युतपाखामा आज बिहान ट्याक्टर दुर्घटना भएको छ । कच्ची सडकमा छिम्केश्वरीबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित भई पाखा बारीमा खस्दा सोहि गाँउपालिका वडा नं. २ अदुवा खर्कका ४० बर्षिय केशब दलार्मीको घटनास्थलमै मृत्यु भएको थियो । सोहि दुर्घटनामा आबुखैरेनी गाँउपालिका वडा नंं ३ ज्याँमिरेस्वाराका ४५ बर्षिय लिला बहादुर यादी मगरको हात, खुट्टा र टाउकोमा गम्भिर चोट लागेको कारण उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी ल्याईएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ ।
ट्याक्टरका चालक गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. १४ का २५ बर्षिय तिर्थ थापा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको नियन्त्रणमा छन् ।








