बेलायतमा बसोवास गर्ने दमौलीका युवा रजनजंग शाहीले तनहूँका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

  • ख-
  • ख+

२ पौष । तनहूँ । व्यास नगरपालिका वडा नं २ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका व्यवसायी एवम् समाजसेवी रजनजंग शाहीले व्यास नगरपालिकाभित्रका विभिन्न ५ विद्यालयका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने हुनुभएको छ । आफ्नो नाममा अक्षयकोष स्थापना गरि ती विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको शाहीले बताउनुभयो ।
व्यास १ दमौली स्थित निर्मल मावि, २ स्थित सत्यवती मावि, ५ स्थित पराशर मावि, १० स्थित चण्डीदेवि राष्ट्रिय मावि र १२ स्थित अमरज्योति मावि बेलभञ्ज्याङका एक/एक जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने शाहीले बताउनुभयो । विद्यालयले गरेको मुल्यांकनका आधारमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निमावि अध्ययनदेखि एसइइ उत्तीर्ण हुदासम्म सहयोग गर्ने बताइएको छ । उहाँले यस सम्बन्धमा सम्बन्धित विद्यालयलाई जानकारी गराइसक्नुभएको छ । विद्यालयबाट विद्यार्थीको विवरण प्राप्त भएपछी यही वर्षदेखि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
अक्षयकोष स्थापनाको प्रारम्भमा यस वर्ष ती विद्यार्थीलाई छात्रवृत्ति वापत नगद रकम सहयोग गर्ने र अर्काे वर्षदेखि अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गर्ने आफ्नो योजना रहेको शाहीले बताउनुभयो । बिगत केही वर्षदेखि सामाजिक काममा सक्रिय रहदै आएका शाहीले शैक्षिक क्षेत्रमा सहयोग गर्ने सोचका साथ ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्