तनहूँ । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लधु, घरेलु तथा साना उद्योगको विकाश अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । म्याग्दे गाउँपालिकाको आयोजनामा वडा न ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको वडा स्तरिय अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकास सगै दिगो आर्थिक विकाश हुने र उद्यमीको आम्दानीमा परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो । सिकेको सिपलाई व्यवहारमा लागू गर्दा कम लगानिमा घरेलु उद्योग सचालन गर्न सकिने र त्यसरी उद्योग गर्न चाहनेका लागि गाउँ पालिकाले सहयोग गर्ने छ अध्यक्ष रानाले भन्नुभयो ।
म्याग्दे गाउँ पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले एक व्याक्तिले धेरै तालिम लिनुभन्दा एउटा मात्र तालिम लिएर सिकेको सिपलाई प्रयोग गर्न सकेका स्वोरोजगार वन्न सक्ने बताउनुभएको । उद्योग,व्यवसाय गर्न चाहने युवाहरूलाई गाउँ पालिकाले आवश्यकता अनुसार प्रविधि तथा शिप विकाशमा सहयोग गर्दै जाने छ उपाध्यक्ष घिमिरेले भन्नुभयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकाश कार्यक्रमवाट गाउँ पालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारि हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयो । लघु, घरेलु, तथा साना उद्योगहरु सचालन गर्न सीप सिके पश्चात कम लगानिमा घर घरमै सचालन गर्न सकिने भएकाले यस्ता तालिमवाट गाउँ पालिकाले १ सय ३० जना उधमि सृजना गर्ने उद्धेश्यका साथ सिप सिकाउन लागेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रशिक्षण कार्यक्रममा जानकारि दिनुभयो । सो अवसरमा उहाले कार्यपत्र प्रस्तुत गर्दै मेड्पा कार्यक्रमको वारे प्रष्ट पार्नुभएको थियो । गरिबी निवारणका लागि लघु उद्यम विकाश (मेड्पा) कार्यक्रम संचालन प्रकृया वारेमा जानकारी दिन आयोजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उद्यमी, कर्मचारी लगायत लाई कार्यक्रम वारे जानकारी दिने उद्धेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उद्योग विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिनुभयो । वडा स्तरमा सचालित घरधुरि सर्वेक्षण उद्यमशिलता तालिम, सिपविकाश तालिम, बजार सन्जाल, वचत परिचालन लगायतका विषय जानकारि गराई नयाँ उधमि ९० र स्तरोउन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सृजना गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रम वडा न ५ का अध्यक्ष शिव वहादुर आलेको सभापतित्वमा सम्पन्न भएको थियो । उद्यमी सृजना गर्न र कार्यक्रम वारेमा उधमिकै घरमा वा समुदायमा गएर गापाका उद्यम विकाश सहजकर्ताले मेड मोडल वारेमा जानकारी गराउदै आएका छन् ।










