भुजेल बिद्यार्थी मन्च तनहूँको नयाँ कार्य समितिको घोषणा

मदन तिमल्सेना
  • ख-
  • ख+

९ पौष । तनहूँ भुजेल बिद्यार्थी मन्च तनहूँको नयाँ कार्य समितिको घोषणा भएको छ । आज दमौलीमा भएको दोस्रो अधिबेशनबाट  पिङ्की
भुजेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा थमन भुजेल, सचिवमा संचिता भुजेल, सहसचिवमा रिया घर्ति र कोषाध्यक्षमा जोन भुजेल चयन हुनुभएको छ
त्यसैगरि मन्चको सदस्यहरुमा अन्जु भुजेल, कमल भुजेल, दिलिप भुजेल, प्रमिशा भुजेल , अनु भुजेल, अनामिका भुजेल, शुष्मा भुजेल, ऋषि भुजेल , अधिषेक भजेल र रेशु घर्ति चयन हुनु भएको छ ।

पृथ्वी भुजेलको अध्यक्षतामा भुजेल महिला समाजका केन्द्रीय अध्यक्ष बसुन्धरा घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेशम भुजेल वीर बहादुर भुजेलको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन मन बहादुर भुजेलले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?