फरार व्यक्तिहरु पक्राउ गर्दै तनहूँ प्रहरी

  • ख-
  • ख+

तनहूँ । तनहूँ प्रहरीले जिल्लामा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ । थ्यसैक्रममा जिल्ला प्रहरी कार्यालय तनहूँबाट खटिएको टोलीले २०७७।१०।११ गते लागु औषध गाँजा मुद्दामा बिगत १ बर्ष देखी फरार रहेकी जिल्ला तनहुँ ब्यास न. पा. वडा नं. २ भेटघाटचोक बस्ने बर्ष ३० की साहिदा भन्ने सना खान उपर सम्मानित तनहुँ जिल्ला अदालतको मिति २०७६।१२।०४ गतेको फैसलाले ४ महिना कैद र ४ हजार रुपैया जरिवाना रहेको र सम्बन्ध बिच्छेद मुद्दामा फरार ७ जना फरार पक्राउ गरेको छ भने जालसाजी मुद्दामा फरार १ जना र लुटपिट मुद्दामा फरार १ जना गरी जम्मा १० जनालाई जिल्ला प्रहरी कार्यालय तनहूँँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा ४ महिना कैद र १५ हजार ५ सय रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहूँका डिउसपि एवं प्रवक्ता युवराज तिमल्सेनाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्