व्यासको फोहोर २४ घण्टाभित्र नउठे कार्यालय परिसरभित्र फालिने युवा संघ तनहुँको चेतावनी

सर्वज्योति
  • ख-
  • ख+

१० माघ । तनहुँ । राष्ट्रिय युवा संघ व्यास नगरपालिकाले व्यासको फोहोर २४ घण्टाभित्र नउठे कार्यालय परिसरभित्र फालिने चेतावनी दिएको संघका पदाधिकारीहरले आज व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी र उपप्रमुख ईन्दिरा दरैलाई एक ज्ञापन पत्र बुझाउदै नगरपालिकाको निर्णय अनुसार हप्ता दिनदेखि फोहोर नउठेको कारण व्यासको जन्मभुमी दमौली फोृहोरको थुप्रोहरुको शहरको रुपमा चिनिन थालिएकोले र शहर कुरुप भएको बताईएको छ । राष्ट्रिय युवा संघ व्यास नगर कमिटिको संयोजकत्वमा बुझाईएको ज्ञापन पत्रमा बर्षौदेखि डम्पिगं साईडको हल गर्न नसकेको व्यास नगरपालिकाले १ बर्ष भित्र स्थायी डम्पिगं साईड र सरसफाई केन्द्र स्थापना गर्न पनि माग गरिएको छ ।
उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमल्सेना, व्यास नगर कमिटिका अध्यक्ष अजित पन्थ, उपाध्यक्ष अभियान भण्डारी लगायतका पदाधिकारीहरको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्