अर्काको नाममा लाईसेन्स परिक्षा दिने नक्कली परीक्षार्थी पुर्ण थापा बिमलनगरबाट पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१० माघ । अर्काको नाममा लाईसेन्स परिक्षा दिने नक्कली परीक्षार्थी पुर्ण थापा मगर यातायात व्यवस्था कार्यालय बन्दिपुर ४ बिमलनगर तनहुँबाट पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय मा सञ्चालित बर्ग ए मोटरसाईकलको प्रयोगात्मक परिक्षा ट्रायलमा उपस्थित भएका तनहुँको भानु नगरपालिका वडा नं.४ बस्ने ३५ बर्षिय पुर्ण थापा मगरलाई प्रहरी पक्राउ गरेको हो ।

निज थापाले भानु नगरपालिका वडा नं. ४ कै सुरेश थापा मगरको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परिक्षामा सहभागी भएको अवस्थामा फेला परेको हुँदा निज पुर्ण थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिनुभएको छ । निज उपर किर्ते सम्बन्धी कसुरमा सम्मानित तनहुँ जिल्ला अदालतबाट माघ १० गते ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिनुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्