कार्यवाहक सभापति बनेकै दिन डा. स्वर्णिम वाग्लेलेले दमौलीमा भने ”अर्थतन्त्रको असहजता र बेथितिको अन्तको लागि रास्वपा आवश्यक”

सर्वज्योति
  • ख-
  • ख+

१३ माघ । तनहुँ । तनहुँ क्षेत्र नं. १ का सांसद एवं रास्वपाका कार्यवाहक सभापति डाक्टर स्वर्णिम वाग्लेले अर्थतन्त्रको असहजता र बेथितिको अन्तको लागि नै रास्वपाको आवश्यकता भएको बताउनुभएको छ । तनहुँको दमौलीमा तनहुँ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उत्तः अवसरमा उहाँले कोभिड पछि देखिएको अनेकन असहजताले गर्दा गाहे परेको बताउनुभएको थियो । सहकारीमा देखिएको बेथिति, युवाहरुको विदेश पलायनले गर्दा पनि बजार साँगुरिदै मागको संकुचन आएको बताउनुभएको थियो । उक्त अवसरमा सरकारका गलत नीतिका कारण देश दुर्गतिमा गएको कारण व्यापारी व्यवसायीको अवस्था पनि सुध्रन नसेकेको बताउनुभएको थियो ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र, वरिष्ठ उपाध्यक्ष ईमकुमार मल्ल,प्रथम उपाध्यक्ष कुमार मल्ल, द्रितिय उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुलाई पदस्थापन गराउनुका साथै शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुगं प्रमुख जिल्ला अधिकारी, जर्नादन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि अवदेश विष्ट, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पर्व अध्यक्षहरु मानकाजी श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, मोहनकुमार बि.क. लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्