तनहुँ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

१३ माघ । तनहुँ । तनहुँ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ क्षेत्र नं. १ का सांसद एवं रास्वपाका कार्यवाहक सभापति डाक्टर स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि डा. वाग्लेले असहज वातावरण अन्त्य र व्यापारी व्यवसायीको सहजताको लागि सरकार लागि पर्नुपर्ने बताउदै नवनर्विाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बैकुण्ठनाथ मिश्रलाई अघिल्लो कार्यकालका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण पश्चात नवनियुक्त अध्यक्ष बैकुण्ठनाथ मिश्रले वरिष्ठ उपाध्यक्ष ईमकुमार मल्ल,प्रथम उपाध्यक्ष कुमार मल्ल, द्रितिय उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुगं , प्रमुख जिल्ला अधिकारी, जर्नादन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि अवदेश विष्ट, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पर्व अध्यक्षहरु मानकाजी श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, मोहनकुमार बि.क. लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्