जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ ट्राफिक नियम पालना गराउन अझै सशक्त रुपमा प्रस्तुत हुदै

मदन तिमल्सेना
  • ख-
  • ख+

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ ट्राफिक नियम पालना गराउन अझै सशक्त रुपमा प्रस्तुत हुने एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेलद्धारा  जारि विज्ञप्तिमा ब्यास नगरपालिका अन्तर्गत दमौली बजार क्षेत्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा  ब्यवस्थित, सफा र सुन्दर सहर बनाउन जथाभावी पार्किगं ब्यबस्थित गरी तोकिएको स्थान बाहेक अन्यत्र पार्किगं गरिएका सवारी साधनहरूलाई कारबाही गरी सचेतना समेत फैलाउने अभियान चलिरहेको हुँदा सम्पूर्ण नगरबासी, ब्यवसायी तथा विभिन्न स्थानबाट दमौली आउनुहुने महानुभावहरूलाई आफ्नो सवारी पार्किगं गर्दा एक पटक पार्किगं स्थान हेरी  छुट्टाईएको स्थानमा मात्र सवारी पार्किगं गरी दिनुहुन अनुरोध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक पौडेलद्धारा जारि विज्ञप्तिमा कोहि कसैले NO PARKING मा सवारी पार्किगं गरेको देखेमा, बढी भाडा लिएमा, छतमा यात्रु राखेमा, सिट क्षमता भन्दा बढि यात्रु राखेमा, चालकले ठिक तरिकाले सवारी नचलाएमा, आरक्षण सिटको पालना नगरेमा र अन्य ट्राफिक नियम उलङघन गरेको देखेमा एक जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्दै फोन नं. १०३ वा मोवाईल नम्बर९८५६०९०७९९ मा तुरून्त सम्पर्क गरी जानकारी दिन पनि आग्रह गरिएकोृ छ । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम पालन गर्न गराउन आम नागरिकको साथ सहित सशक्त रूपमा प्रस्तुत हुने पनि विज्ञप्तिमा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्