सरकारले २२ वटा कम्पनी कालोसूचीमा राख्दा तनहुँका २ वटा निर्माण कम्पनी परे

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राख्दा तनहुँका २ वटा निर्माण कम्पनी परेका छन् ।

कार्यालय अन्तरगतको सार्वजनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित गर्दा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ४ को खड्गदेवी कन्ष्ट्रक्सनलाई एउटा शिर्षकमा १ बर्ष,  अर्को शिर्षकमा २ बर्ष र भिमाद नगरपालिका वडा नं. १ को आयुष एण्ड अनुष कन्ष्ट्रक्सन एण्ड सप्लायर्स १ बर्ष कालोसूचीमा परेको हो ।
सार्वजनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।
विभिन्न मितिमा ठेक्का लिने र समयमा ठेक्का पुरा नगर्ने, सम्झौता बमोजिम स्तरिय काम नगर्ने कम्पनीहरुलाई सरोकारवाला सरकारी निकायको आग्रहमा नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालय कालोसूचीमा राख्ने गरेको छ ।

सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लाग कालोसूचीमा रहने सूचनामा उल्लेख छ । यस्तै ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा रहनेछन् ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्