सोतिपसलको मंगला मा.वि. मा रक्तदान कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ३ सोतीपसलमा रक्तदान कार्यक्रम भएको छ । उक्त विद्यालयको ६२ औँ बार्षिकोत्सवको अवसरमा मंगला पुर्व विद्यार्थी समाजको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अस्पतालमा हुने रगत अभावलाई मध्यनजर राख्दै पुर्व विद्यार्थी समाजको आयोजनामा सामाजिक हितका लागि खुल्ला रक्तदान कार्यक्रम राखिएको बताईएको छ। कार्यक्रममा स्थानिय ३६ जनाले रक्तदान गरेका थिए ।

लाईन्स क्लव अफ पोखरा फिष्टेल र पोखरा प्रादेशिक रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्