एटीएम फोड्ने प्रयास गरेको आरोपमा पौडेल पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१५ माघ, पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार वि. क. का अनुसार पौडेलले पोखरा महानगर ८ मा रहेको एनएमबि बैंकको एटीएम फोड्ने प्रयास गरेका थिए ।

‘बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले हातले मुक्का हानी एटीएम तोडफोड गर्दै गरेको पक्राउ गरिएको हो,’ उनले भने ।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता विकले बताए ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्