बाथरुममा निसास्सिएर २५ बर्षिय युवकको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

हेटौँडा । मकवानपुरको हेटौँडामा ग्यास गिजरको कारण एक जनाको ज्यान गएको छ ।

हेटौँडा उपमहानगरपालिका-९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर २५ वर्षका युवकको मृत्यु भएको हो ।

सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका २५ वर्षीय युनेश काफ्ले निकैबेर बाहिर ननिस्केपछि परिवारका सदस्यले ढोका फोडेर हेर्दा बेहोस पाइएका आफ्लेलाई उपचारको लागि सहकारी अस्पताल लगिएको थियो ।

अस्पतालमा पुर्‍याइएका काफ्लेलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाथरुममा खुल्ला रहेको ग्यास गिजरको कारण बेहोस भएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्