लघु उद्यम विकास कार्यक्रम अर्न्तगत बेसीशहर ९ मा वडास्तरीय अभिमुखिकरण

सर्वज्योति
  • ख-
  • ख+

लमजुङ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत बेसीशहर नगरपालिका ९ मा वडास्तरिय अभिमुखिकरण कार्यक्रम भएको छ । चालु आर्थिक वर्ष सञ्चालन हुने कार्यक्रम अन्तर्गत वडास्तरिय अभिमुखिकरण भएको हो ।

एक दिने अभिमुखिकरण कार्यक्रम वडा अध्यक्ष खुसीजङ गुरुङको अध्यक्षता एवं बेसीशहर नगरप्रमुख गुमान सिं अर्यालयको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख अर्यालले काम गर्ने इच्छा र मेहनतले नै मानिसलाई सफल वनाउने वताउनुभयो । सिप सिकेर उद्यमी वन्न चाहने व्यक्तिहरु लघु उद्यम विकास कार्यक्रममा सहभागि हुन सक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा उपपप्रमुख पद्यमा गुरुङले हातमा सिप भएमा कोही पनि व्यक्ति बेरोजगार वन्न नपर्ने वताउनुभयो । यसवर्ष बेसीशहर नगरपालिका दुई वडाहरु ९ र ११ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन हुदैछ । वडा वडामा उद्यमी सृजना गर्ने उदेश्यले वडामा सञ्चालन हुन लागेको यस कार्यक्रमबाट वढि भन्दा वढी लाभ लिन वडा अध्यक्ष खुसी जंग गुरुङले आग्रह गर्नुभयो ।

लघु उद्यम विकास सहजकर्ता अन्जु कुमारी रानाले कार्यक्रमको सहजिकरण सँगै वडामा सञ्चालन गर्न लागिएको लघु उद्यम विकास कार्यक्रमको वारेमा जानकारी गराउनुभएको थियो । चरण वद्ध रुपमा सञ्चालन गरिने यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा वडाका जनप्रतिनिधि, टोल विकास समिति, महिला सञ्जाल तथा आमा समूहका अध्यक्ष, राजनितिक दलका प्रतिनिधि लगायतलाई अभिमुखिकरण गराइएको हो ।

उक्त कार्यक्रमका लागि कर्मचारीको तलव, व्यवसाय छनौट, सिपविकास तालिम तथा अनुदान सहित यसवर्ष १३ लाख वजेट विनियोजन भएको उद्यम विकास सहजकर्ता रानाले वताउनुभयो । कार्यक्रम अन्तर्गत यसवर्ष वडा नं. ९ बाट ३० जना उद्यमी सृजना गर्ने लक्ष्य लिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्