नेपाल बाल संगठन तनहुँको सभापतिमा मदन तिमल्सेना मनोनित

आरजु पौडेल
  • ख-
  • ख+

१७ बैशाष । तनहुँ । नेपाल बाल संगठन तनहुँको सभापतिमा मदन तिमल्सेना मनोनित भएका छन् । नेपाल बाल संगठनको विधान २०४९ को धारा ३७ (ग) बमोजिम तिमल्सेनालाई नेपाल बाल संगठन जिल्ला तदर्थ कार्यसमिति तनहुँको सदस्य पदमा सभापतिको समेत जिम्मेवारी वहन गर्ने गरि मनोनयन गरिएको हो । जस अनुसार तिमल्सेनाले नेपाल बाल संगठनको विधान, २०४९ को उद्देश्य अनुरुप नेपाल बाल संगठनको जिल्लामा रहेका चल, अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न, त्यसको संरक्षण गर्न साथै संरक्षणविहिन बालबालिकाहरुलाई संरक्षकत्व प्रदान गर्ने, बालहित सम्बन्धि कार्यमा महत्वपूर्ण योगदान गर्नुपर्नेका साथै नेपाल बाल संगठनको केन्द्रको निर्देशन बमोजिम अन्य कार्य गर्नुपर्ने केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेद्धारा जारी परिपत्रमा जनाईएको छ ।
आफु योग्य सम्झेर गरिमामय सभापतिको समेत जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दैै तिमल्सेनाले आफु नेपाल बाल संगठनको बिधान र मर्म अनुरुप कार्य गर्ने बताएका छन् । विभिन्न संघसंस्थामा आवद्ध तिमल्सेना क्रिकेट संघ तनहुँको पनि अध्यक्ष रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्