निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियर प्रवीण भट्टराईको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

१६ माघ, पोखरा । कास्कीको पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका ६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका हुन् ।

गम्भीर घाइते भएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्