गण्डकी प्रदेशको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा म्याग्दे पहिलो आँबुखैरेनी गाँउपालिका तेश्रो

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा तनहुँको म्याग्दे गाँउपालिका गण्डकी प्रदेशमा नै पहिलो पालिका वनेको छ । लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९।८० को नतिजा अनुसार म्याग्दे गाँउपालिका प्रदेशमा नै ९४.५ अंक प्राप्त गरि पहिलो वन्न सफल भएको हो ।
लिजाको नियम अनुसार विभिन्न १० वटा शिर्षकमा गर्नेछ । जसमा म्याग्दे गाँउपालिकाले शासकीय प्रवन्धमा ९ अंक प्राप्त गरेको छ भने संगठन तथा प्रशासनमा ८ अंक, वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तिय तथा आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पुर्वाधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण् तथा विपद व्यवस्थापनमा ८.२५ र सहकार्य र समन्वयमा ४.७५ अंक प्राप्त गरि कुल ९४.५ प्राप्त गरि गण्डकी प्रदेशमा नै पहिलो पालिका वनेको हो ।
पालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वार्षिक वजेट तथा योजना व्यवस्थापनमा शत प्रतिशत नतिजा निकालेको छ ।
लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाँउपालिकाले समग्र स्थितीमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितीमा९५.५९ प्रतिशत र परिमाणात्मक स्थितीमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ ।
गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाँउपालिका प्रदेशको नै पहिलो पालिका वनेको छ भने स्याङजाको अर्जुनचौपारी दोश्रोमा र तनहुँको आँवुखैरेनी गाँउपालिकाले तेश्रो स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्