रुखबाट लडेर सख्त घाईते सम्जुरकी एकल महिला मियाँलाई आर्थिक सहयोगको खाँचो

मुन्नी खातुन
  • ख-
  • ख+

१७ माघ । तनहुँ । रुखबाट लडेर सख्त घाईते हुनुभएकी भानु नगरपालिका वडा नं. १३ सम्जुरकी एकल महिला नजिरा मियाँलाई आर्थिक सहयोृगको आवश्इकता परेको । माघ १५ गते बिहान रुख मा चढि घाँस काटने क्रममा रुखबाट खसी सख्त घाइते हुनुभएकी मियाँलाई उपचारको लागि आर्थिक सहयोगको आवश्यकता परेको हो । आर्थिक अवस्था कमजोर हुनुभएकी मियाँको उपचारको लागि पैसाको अभाव भएकोले सहयोगी दाताहरुसग सहयोगको अपिल गर्नुपरेको उपचारमा खटिरहनुभएकी उहाँकी छोरी रविना मियाँले जानकारी दिनुभएको छ ।
मियाँको टाउकोमा गम्भिर चोट लागेको छ र निजको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।
मियाँको जिवन रक्षाको लागि सहयोग गर्न चाहने महानुभावहरुले निजकी छोरी रविना मियाँसग निजको मोवाईल नम्बर ९८०४१३०७७६ मा सम्पर्क गर्नका साथै  निजको  मुक्तिनाथ बिकास बैंक दमौली शाखाको खातामा पैसा जम्मा गरि सहयोग गर्न सक्नुहुनेछ ।

बैंक मुक्तिनाथ बिकास बैंक, दमौली शाखा
नामः रविना मियाँ
खाता नं. ०२९२२३०० ७३०५७ ७०००००१

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्