प्रतिवेदन दराजमा थन्क्याएर नराख्ने यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन बुझेपछि मन्त्रीको आश्वासन

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले कार्यदलको प्रतिवेदनको सुझाव दराजमा थन्काउने परम्परा तोडिने बताएका छन् ।गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले गठन १ बर्षपछि बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री ज्वालाले उक्त कुरा बताएका हुन् । कार्यदलको प्रतिवेदन बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले विभिन्न विषयको अध्ययन अनुसन्धान र सुझावको लागि समितिहरु बनाउने, तर कार्यदलले लिएको उनले प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत जनाए ।

मुलुकको यातायात क्षेत्रमा देखिएका समस्या समाधानको लागि राम्रो प्रतिवेदन बनेकाले त्यहीअनुसार कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ । मन्त्री ज्वालाले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने र त्यसको अध्ययन मन्त्रालय र यातायात व्यवस्था विभाग लाग्ने बताए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको यातायात क्षेत्रमा यातायात व्यवसायीहरुले गरेको भुमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने अवस्था नभएको बताए ।

कार्यदलले वर्तमान सार्वजनिक यातायात क्षेत्रका समस्या र यात्रुमैत्री सार्वजनिक यातायात क्षेत्र बनाउने गरी प्रतिवेदन आएको कार्यदलका सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । उनले सार्वजनिक यातायातलाई दीर्घकालिन रुपमा यात्रुमैत्री कसरी बनाउने भन्ने विषय समेटिएको भन्दै सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको सुझाव दिए ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रको सुधारका लागि भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । पौडेल संयोजकत्वको कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापन गर्ने पदमबहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्