भानु १२ द्धारा जेष्ठ नागरिकलाई हर्लिक्स् र चरेशको थाल प्रदान

सर्वज्योति
  • ख-
  • ख+

१८ माघ । तनहुँ । भानु नगरपालिका वडा नं. १२ ले वडामा बसोवास गर्ने ८१ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई हलिक्स् , चरेशको थाल प्रदान गर्नुका साथै स्वास्थ्य परिक्षण पनि गरेको छ । वडा अध्यक्ष बेल बहादुर अधिकारी, निवर्तमान् वडा सदस्य गोविन्द ढकाल, वडा सदस्य सुदिप के.सी. लगायतका वडा सदस्य र स्वास्थ्यकर्मी सहितको टोली टोल टोलमा गई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
४१ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप उक्त सामाग्री प्रदान गरिएको र उहाँहरुको सामान्य स्वास्थ्य परिक्षण पनि गरिएकोृ वडा सदस्य सुदिप के.सी. ले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्