डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेश गर्ने लमजुङंकी रोना गुरुङसहित १० जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

प्रहरीले अमेरिकाको ईलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ (DV)  को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने लमजुङ बेशीशहर ५ घर भइ हाल ललितपुर बस्ने २४ वर्षीया रोना गुरुङंसहित १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुमध्ये विवके उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

अन्य ७ जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले बताए ।

प्रहरीले चितवन भरतपुर १२ घर भएका हाल नक्साल बस्ने २५ वर्षीय सुमन ढकाल, धनुषा सबैला १२ घर भइ हाल चावहिल बस्ने ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर मनहरु ९ घर भइ हाल चितवन बस्ने ३३ वर्षीया भगवती उप्रेती, ललितपुरका २५ वर्षीय संजय महर्जनलाई पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेमा अन्य सर्लाही लालबन्दी ४ घर भइ हाल धुम्बाराही बस्ने ३५ वर्षीय सुरज अधिकारी, पर्सा वीरगञ्ज १० घर भइ हाल बानेश्वर बस्ने २८ वर्षीय पुरुषोत्तम मल्लिक, सिरहा स्थायी ठेगाना भइ हाल सुर्यविनायक भक्तपुर बस्ने २९ वर्षीय सक्षम अर्याल, दोलखा चरिकोट ९ घर भएका हाल ललितपुर बस्ने २६ वर्षीय अशोक श्रेष्ठ र सर्लाही हरिवन ९ का २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागिउनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्