खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

रूपन्देही । खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन् ।

बिहीवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्