मर्मतका लागि नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपालको प्रमुख मध्येको सडकखण्ड मध्येको एक नारायणगढ मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ ।

तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको हो ।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्