जीप पल्टिंदा २ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

२० माघ, बुटवल । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो ।

जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ ।

दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् ।

घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्