रास्वपा व्यास नगर कमिटिको सभापतीमा चुडामणी दाहाल र उपसभापतीमा शुसिल पौडेल चयन

सर्वज्योति
  • ख-
  • ख+

२० माघ । तनहुँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको व्यास नगर कमिटिको सभापतीमा चुडामणी दाहाल चयन हुनुभएको छ । आज भएको निर्वाचनमा अर्का प्रतिष्पर्धी करुण काफ्लेलाई पराजित गर्दै दाहाल चयन हुनुभएको हो । त्यसै गरि उपसभापतिमा शुसिल पौडेल, सचिवमा नगेन्द्र ढ्गांना र कोषाध्यक्षमा अन्जु दाहाल निर्विरोध चयन हुनुभएको छ ।

रास्वपाका बेन्द्रीय उपसभापती तथा तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता र केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका सभापती एवं केन्द्रीय सदस्य राजन गौतम, रास्वपाका उर्जा विभाग प्रमुख ईन्जिनियर श्रीराम न्यौपानेको आतिथ्यतामा भएको रास्वपा व्यास नगर भेला पश्चातको बन्द सत्रले उल्लेखित पदाधिकारी चयन गरेको हो । त्यसैगरि उक्त बन्द सत्रले सिकन्दर बक्स, विर बहादुर नेपालीजगराम गुरुगं, गोविन्द श्रेष्ठ, मन्जु बि.क., लक्ष्मी प्रधान र कृति बाँनिया चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्