रोट्रयाक्ट क्लव अफ दमौलीद्धारा चेपाङ बस्तिमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

रोट्रयाक्ट क्लव अफ दमौलीले रोटय्याक्ट निः शुल्क स्वास्थ्य शिविर ब्यास ११ राम्चे, ओडारेमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्योपानेले चेपाङ बस्तिमा आएर रोट्रयाक्ट क्लवले स्वास्थ्य शिविर गरेर निकै राम्रो काम गरेको बताउनु भयो । चेपागंहरुलाई खानपिन, सरसफाइहरुमा पनि ध्यान दिनु अनुरोध गर्नुभएको थियो र नियमित छोराछोरीलाई पढाउन पठाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि ब्यास ११ का कार्यवाहक अध्यक्ष गोकुल राना , रोटरी दधिराज घिमिरे, ब्यास ११ का वडा सदस्य रामकृष्ण अधिकारी,इन्दिरा अधिकारी , कार्यवाहक जेटआर आर यम बतास, रोट्याक्ट क्लव दमौलीका पुर्व अध्यक्ष मनोज राउत, पत्रकारहरु मदन तिमल्सेना, किरण श्रेष्ठ, सविन लामिछाने लागाएतको उपस्थिति रहेको थियो ।

शिविरबाट ११२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । सो अवसरमा जनरल फिजिसियन, आखा रोग विशेषज्ञ, दातँ सम्वन्धि विशेषज्ञद्वारा सेवाहरु दिएको थियो भने ब्लड ग्रुप छुटाई दिने र सुगर परिक्षण पनि गरिएको थियो । शिविरमा निः शुल्क  औषधिहरु दिएको थियो । क्लबले एक घर एक फस्ट एड किट अभियान भने नाराका साथमा ४६ घरलाई प्रथामिक उपचार सामाग्री वितरण गरेको थियो ।
यस शिविरमा समाधान हस्पिटल , दमौली आँखा अस्पताल, ब्यास डाइग्नोष्टिक प्रा. लि र ए वन डेन्टल क्लिनिक र रोट्रयाक्ट त्रिभुवन युनिभर्सिटिको प्राविधिक सहयोग र ब्यास नगरपालिकाको सहयोगमा सम्पन्न भएको रोट्रयाक्ट क्लव अफ दमौलीका अध्यक्ष अनुज बिमलीले बताउनुभयो । उक्त कार्यक्रम रोट्रयाक्ट क्लव अफ दमौलीका सचिव उमेश पौडेलले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्