सत्रसयको अकला सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । अकला सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा गण्डकी प्र्देश सभा सदस्य तथा पुर्व मन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रेम बहादुर तामाङको सभापतित्वमा आँबु खैरेनी गाउँ पालिका वडा नं १ सत्रसय फाँटमा अवस्थित संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।
अकला सहकारी संस्थाका शेयर सदस्य तथा शिक्षक काजिराम परियारले उद्घोषण गर्नुभएको सो कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री हरि बहादुर चुमानले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियोे । सो कार्यक्रममा उहाँले एक समय निष्क्रिय रहेको यस अकला सहकारीलाई पुनर्जीवित गराउन खेलेको भूमिकाको बारेमा बताउनुभएको थियो । उहाँले सहकारीबाट उधारो तथा ऋण सापटी लैजाने उपभोक्ताहरुले आफुले लगेको रकम नतिरेको खण्डमा सरकारले कारवाही गर्ने बताउनुभयो । साथै यस क्षेत्रमा छिट्टै एउटा ट्रमा सेन्टरको स्थापना गर्ने कदम चालिएको विषयमा पनि बताउनु भएको थियो ।
अकला सहकारी संस्थाका उपाध्यक्ष पदम राज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो सभामा शुभकामना मन्तव्य दिँदै आँबु गाउँ पालिका अध्यक्ष शुक्र चुमानले यस अकला सहकारी संस्थाले स्थानियबासीको हितमा काम गरिरहेको र आगामी दिनमा स्थानिय उत्पादनलाई प्रोत्साहन दिनुपर्ने बताउनु भयो साथै उहाँले सहकारीहरु असफल भएर संचालकहरु भागिरहेको बर्तमान स्थितिमा कानुन भन्दा बाहिर गएर संस्था तथा शेयर होल्डरहरुको हित बिपरित कार्य नगर्न पनि सुझाव दिनुभएको थियो ।
कार्यक्रममा आँबु गाउँ पालिका उपाध्यक्ष दुर्गा अर्याल, आँबु गाउँ पालिका वडा नं. १
का वडाध्यक्ष प्रेम बहादुर गुरुङ, पालुङटार नगरपालिका वडा नं ८ का वडाध्यक्ष होप बहादुर नेपाली , आँबु गाउँ कार्यपालिका सदस्य शुशिला नेपाली , मित्रता माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वर गौली, सत्रसय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि काराखेती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पाँच दशक अगाडी निर्माण गरिएको अकला सहकारी संस्थाको भवन जिर्ण बन्दै गएको तथा छानो चुहिन थालेकोले आँबु गाउँपालिका वडा नं. १ बाट बिनियोजित रकमबाट हालसालै जिर्णोद्दार गरि नयाँ छाना हालिएको छ । सोही विषयमा जानकारी दिंदै संस्थाका अध्यक्ष प्रेम बहादुर तामाङले अध्यक्षको प्रतिवेदन पेश गर्दै संस्थाको आगामी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाको कोषाध्यक्ष शुष्मा गुरुङले संस्थाको आय व्यय पढेर सुनाउनुभएको थियो भने उत्कृष्ट ग्राहकलाई प्रमुख अतिथिको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु व्यवस्थापक यानुमाया गुरुङ र सहव्यवस्थापक यज्ञराज अधिकारीलाई विशेष अतिथी आँबु खैरेनी गाउँ पालिका उपाध्यक्ष दुर्गा अर्यालले प्रमाणपत्रद्धरा सम्मान गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्