इच्छाराज तामाङलाई ३ वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय, करिब ३ अर्ब जरिवाना

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।

तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।

केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।

इच्छाराज तामाङ, श्रृजना र छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तथा केशव र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्