मध्यनेपाल–३, सुर्यपालका सवै बस्तीमा एकघर एक धारा

सर्वज्योति
  • ख-
  • ख+

लमजुङको मध्यनेपाल नगरपालिका–३, सुर्यपालका प्रत्येक घरमा एक घर एक धारा जडान भएसँगै वडालाई एकघर एकधारा वडा घोषणाको तयारी भएको छ । एक घर एक धारा निर्माण हुन बाँकी साविक वडा नम्वर ७ का ४७ घर धुरीमा पनि धारा जडान भएपछि सिंगो वडालाई पुर्ण एक घर एकधारा वडा घोषणाको तयारी भएको मध्यनेपाल–३, वडा कार्यालयले जनाएको हो ।

वडा अध्यक्ष न्यौपानेका अनुसार सुर्यपालका एकघर एकधारा जडान हुँन बाँकी टोल बस्तीहरुमा ताईवानको युवान तोन मेरिट एशोसिएसन र ताईवानका नागरिक मिष्टर लक्कीको सहयोगमा प्रत्येक घरमा धारा जडान भएको हो । यसअघि सो वडाका बस्तीहरुमा मध्यनेपाल नगरपालिका र विभिन्न निकायको सहयोगमा प्रत्येक घरमा धारा जडान भएको थियो ।

वडाका बस्तीहरुमा खानेपानी पु¥याउन विभिन्न मुहानबाट पानी ल्याई वितरण गरीएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । सार्वजनिक सहित प्रत्येक घरमा धारा निर्माण भएसँगै एकघर एकधारा अभियानमा ठूलो सहयोग पुगेको वडा अध्यक्ष न्यौपानेको भनाई छ ।

खानेपानी योजनाका लागि २५ लाख रुपैया लागत लागेको वडा कार्यालयले जनाएको छ । सो योजना अन्तर्गत फरक फरक मुहानबाट पानी संकलनगर्नका लागि फरक फरक क्षमताको ट्याँकी निर्माण भएको छ । यसअघि मध्यनेपाल नगरपालिकाको सहयोगमा ३० हजार लिटर क्षमताको वितरण ट्याँकी निर्माण भईसकेको थियो ।

खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानियलाई ठूलो राहात मिलेको छ । सोहि पानीलाई करेसावारीमा पनि उपयोग गरी कृषिमा समेत उपयोग गर्न सकिने स्थानियको विश्वास छ ।
मर्स्याङदी समाचार

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्