निसास्सिएर सासू-बुहारीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

कैलाली । डडेल्धुरामा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी १ मा आगो ताप्ने क्रममा निसास्सिएर सासू-बुहारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका -१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका छन् ।

‘एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हो,’ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले भने ।

धौलीदेवीका श्रीमान् पनि घरमै थिए । तर, उनी माथिल्लो तलामा रहेको हुँदा केही नभएको उनले जानकारी दिए ।

बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल पु¥याइएको थियो । तर, त्यो बेलासम्म उनीहरूको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।
साभारः नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्