दुर्घटनामा घाइते नापी कार्यालयका सहयोगी घिमिरेको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

जनकपुरधाम । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

म‌ृत्यु हुनेमा ६० वर्षीय विनोद घिमिरे छन् । नापी कार्यालय सर्लाहीमा कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

उनका अनुसार सोमबार राति ज २ त १०६७ नम्बरको उखु लोड गरिएको ट्र्याक्टर र बी.आ. ०६ पी.डी. ९६४८ नम्बरको सफारी आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सफारीमा नापी कार्यालयका कर्मचारीहरू सबार थिए ।

दुर्घटनामा नापी प्रमुख काभ्रेका सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए । १० जना घाइते अहिले उपचाररत रहेको डिएसपी थारुले बताए ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्