राष्ट्रिय युवा संघको व्यास नगर युवा भेला सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

२७ माघ । तनहुँ ।राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीको आयोजनामा शनिबार ब्यास १ तालघेरमा नगरस्तरीय युवा भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीका अध्यक्ष अजित पन्थको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले युवा शक्तिले नै परिवर्तन चाहे ठुला ठुला परिवर्तनहरु भएको र राज्यको युवालाई कसरी हुन्छ देशमा बस्ने बतावरण बनाउनु पर्ने बताउनुभएको थियो ।
नेकपा एमालेका गण्डकी प्रदेश सदस्य निवर्तमान प्रदेश माननिय राम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य नरेन्द्रराज वाग्ले, राष्ट्रिय युवा संघका गण्डकी प्रदेश अध्यक्ष विकास अधिकारी, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पुर्व सदस्यद्वय विष्णुभक्त सिग्देल र श्रीराम कार्की, अमर भण्डारी नेकपा एमाले जिल्ला कमिटीका सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिपराज अधिकारी, राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला कमिटीका अध्यक्ष मदन तिमल्सेना, नेकपा एमाले ब्यास नगर कमिटीका उपाध्यक्ष तुलसीराम पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त भेलामा विभिन्न संगठनबाट २२ जना युवाहरु राष्ट्रिय युवा संघमा प्रवेश गर्नुभएको थियो । नव प्रवेशी युवाहरुलाई पार्टीका नेताहरुले स्वागत तथा पार्टी प्रवेश गराउनुभएको थियो । उक्त कार्यक्रमको सन्चालन सुदिप पौडेलले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्