बाघको आक्रमणबाट एउटै गाउँमा १९ वटा बाख्रा मरे

सर्वज्योति
  • ख-
  • ख+

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा बाख्रा र खसी मरेका छ्न् । बकैया गाउँपालिका-६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय कृषकका १९ वटा बाख्रा र खसी मरेको वडाध्यक्ष फूलमान भोम्जनले बताए । जसबाट लाखौं रूपैयाँ बराबरको नोक्सान क्षति भएको छ ।

बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको भोम्जनको भनाइ छ ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्